Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारे (फोटोफिचर)

बुधबार, १२ बैशाख २०७५, १८ : ३३ मा प्रकाशित

च्याम्प चितवन २०७५ को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारे (फोटोफिचर)

राजेन्द्र आचार्य

अर्थ संसार, चितवन–  च्याम्प चितवन २०७५ को  सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् ।

गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्सोर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।

उपाधिसगैँ नगद १५/१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र संयुक्त रुपमा प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, सीनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्माता दिपक खाँडसहित प्रतियोगिताकी सञ्चालक लक्ष्मी पन्तले प्रदान गरेका थिए ।

यस्तै प्रतियोगिताको बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यानका केसी घोषित भएका थिए ।भने बालक तर्फ फष्ट रनर अफमा आर्यन पोख्रेरल र सेकेण्ड रनर अफमा संयोग शर्मा घोषित भएका थिए ।भने मिस्टर एण्ड मिस टिन चितवन २०७५ को उपाधी अनु श्रेष्ठ र आयुष पाण्डे हात पारेका छन् ।

प्रतियोगितामा ४८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिनमा अनु र मिस्टर टिनमा आयुषले उपाधी हात पारेका थिए ।
सो अवसरमा टिनका उपाधि विजेतालाई नगद १५र१५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगिताको टिन तर्फको फष्ट रनर अफमा एपिसा अधिकारी र सेकेण्ड रनर अफमा साहिसा सापकोट घोषित भएकी थिईन् ।
भने मिस्टर तर्फ फष्ट रनर अफमा दिवस अधिकारी र सेकेण्ड रनर अफमा सुशन जोशी घोषित भएका थिए ।

च्याम्प तर्फको अन्य विधामा मस्ट ट्यालेन्ट आयुसा काफ्ले र अनुकरणीय श्रेष्ठ, बेस्ट परफर्मेन्स सेलेस्ता आचार्य र बिध्वतमा भटरार्इ, बेस्ट वाक युविसा रौनियार र साहीरा चुके, कन्जिनालिटी सम्रागी श्रेष्ठ र सुलभ खत्री, मस्ट डिस्सिप्लिन आर्यनका के सी र कुसुम खड्का, मस्ट पंचुअल आरजु अर्याल र रोस्नी गिरी, बेस्ट स्माइल प्रथमा लोहनी र अभिप्सा अधिकारी, मस्ट कन्फिडेन्ट सुभ्ना काप्री र आयुष पाण्डे, चार्मिङ्ग पर्सनालिटी गौरङ श्रेष्ठ र सुसन जोसी, फोटोजनिक आरती अर्याल अभियान पौडेल अंकुर पन्त सेजल कंडेल, मस्ट क्रियटिभ रोसी पौडेल र आदित्य कर्ण र मस्ट इनोसेन्ट बिभीका घिमीरे रहेका छन्।

प्रतियोगितामा यस पटक प्रेतियोगीहरुले आफ्नी मम्मीसगैँ डान्स गरेर सबैलाई चकित समेत पारेका थिए ।विभिन्न नाटकहरुको प्रस्तुती र बालबालिकाहरुमा हुने यौन र्दुव्यवहारको बारेमा कसरी सजग र जानकार हुने भन्ने विषयमा समेत बालबालिकाहरुलाई विशेष प्रशिक्षण गराईएको थियो ।बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई जागरुप गराउन गएको बर्ष देखि यो प्रतियोगिता चितवनमा सुरु भएको थियो ।

होलीडेज क्रियसन होम प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा ४८ जना बालवालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा बालवालिकाहरुले आ–आफ्नो क्षमता प्रस्तुत गरि सबै दर्शकहरुलाई चकित पारेका थिए ।प्रतियोगीतामा फस्ट मिस गुनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ, सीनीयर फोटो ग्राफर राज भाई सुवाल, चलचित्र निर्माता दिपक खाँड, रामपुर कलेजकी सहायक डिन कल्याणी मीश्र र सन्तोष सापकोटाले निर्णायक रहेका थिए ।

प्रतियोगीतामा विभिन्न सांस्कृतिक कार्यक्रम लगाएत नाटकहरु प्रस्तुत गरिएको थियो । बालबालिकालाई शैक्षिकसत्रको अन्त्यमा हुने खाली समयको सदुपयोगको लागि सो प्रतियोगीताको आयोजना गरीएको क्रियशन होम नारायणगढकी सञ्चालक लक्ष्मी पन्तले बताईन् ।

प्रतियोगितामा ७ देखि १३ वर्ष उमेरका बालबालिका सहभागीता जनाएका थिए । कार्यक्रममा सिम नेपाल २०१८ की मस्ट पपुलर विजेता सन्धा अधिकारी कोरियोग्रफर एनिला श्रेष्ठको विशेष सहभागी थियो । भने प्रतियोगितालाई सजै एजुकेशन रत्ननगर टाडीले प्रायोजक गरेको थियो ।

5ae07be5bb0b8.JPG 5ae07bf26ced3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको