Like us!
Follow us!
Connect us!
Watch us!

राजकुमार ह्यारी–मेगानको विवाह, ४ अर्ब खर्च

आइतबार, ०६ जेठ २०७५, ०८ : ३२ मा प्रकाशित

राजकुमार ह्यारी–मेगानको विवाह, ४ अर्ब खर्च

अर्थ संसार, काठमाडौं -लायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आज विवाह हुँदैछ । विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा तामझामका साथ हुने विवाह समारोहलाई
टीभीमार्फत विश्वका करोडौं दर्शकले हेर्ने अनुमान गरिएको छ ।

विवाह समारोहलाई बीबीसी वान, बीबीसी न्युज च्यानल, स्काई न्युज, स्काई वान, आईटीभी आदिले विशेष कभरेज गर्दै छन्। ह्यारीले गोर्खा सैनिकलाई मन पराउने भएकाले नेपाली समुदायमा पनि समारोहलाई चासोका साथ हेरिएको छ ।

‘विवाहको दिन बिदा नै लिएको छु,’ बस चालक एक गोर्खा  अभियन्ता ज्ञानराज राई भन्छन्, ‘ह्यारीले गोर्खा र नेपाललाई गर्ने मायाका कारण टीभी लाइभबाटै भए पनि इभेन्ट नछुटाउने पक्षमा छु।’ सन् २०११ मा राजकुमार विलियम र केटको विवाह समारोहलाई अमेरिकामा मात्र २ करोड ३० ख दर्शक र विश्वभर ३ अर्बले अवलोकन गरेका थिए ।

ह्यारी–मेगान विवाहलाई पनि सोही संख्याका दर्शकले हेर्ने पूर्वानुमान गरिएको छ । तर, यसै दिन महत्वपूर्ण एफए कप फाइनल परेकाले दर्शक घट्ने अनुमान पनि कतिपयको छ । बेलायतका करिब ५२ हजार ७ सय ५० पब (रक्सी बेच्ने भट्टी) अबेरसम्म खुल्नेछन्।

स्थानीय समयअनुसार मध्याह्न १२ बजे समारोह सुरु हुनेछ । विन्डसोर डिनले सेन्ट जोर्ज च्यापलमा एक घण्टा लामो वैवाहिक कार्यक्रम गर्नेछन् भने आर्चबिसप अफ क्यान्टरबरी जस्टिन वेल्वीले प्रतिज्ञा
गराउनेछन्।

त्यसपछि ह्यारी–मेगान जोडी दिउँसो एक बजे बग्गी चढेर क्यासल हिल, हाइ स्ट्रिट, सिट स्ट्रिट, किङस रोड, अल्बर्ट रोड हुँदै विन्सोर क्यासल फर्कने कार्यक्रम छ । समारोहका लागि विश्वभरबाट सेलिब्रेटीसहित ६ सय अतिथि निम्त्याइएको छ ।

बेलायतको नागरिक समाजबाट २ हजार ६ सय ४० जना विन्सोर क्यासल मैदानमा उभिनेछन्। थेम्स भ्याली प्रहरीले बिहान ९ बजेसम्म स्थानीय सहर भरिइसक्ने अनुमान गरेको छ । आफ्नी छोरीको विवाहमा मेगानका बाबु थोमस मर्केल भने सहभागी नहुने भएका छन्।

गतसाता हार्ट सर्जरीपछि आराम गरिरहेका ७३ वर्षीय थोमस प्रतिकूल स्वास्थका कारण अनुपस्थित रहने केन्सिङ्टन प्यालेसले जनाएको छ । मेगानकी आमा डोरिया रगल्यान्ड लस एन्जलसबाट लन्डन आइसकेकी छन्।

समारोहका लागि साढे ४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान विवाह कार्यक्रमको योजना बनाउने ब्राइड बुकले गरेको छ, जसमा अधिकांश सुरक्षामा खर्च छ । सुरक्षामा झन्डै ४ अर्ब २० करोड खर्च हुने अनुमान छ ।

त्यस दिन ५ हजार अतिरिक्त प्रहरी ड्युटीमा खटाइनेछ । विवाहका दिन विन्सोर वरपर हवाई जहाज उड्न प्रतिबन्ध लगाइएको छ । बेलायतको राजतन्त्रले अर्थतन्त्रलाई कति समृद्ध पार्छ भन्ने चर्चा पनि भएको छ । गतवर्ष बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न करिब ५० लाख आगन्तुक दरबार पुगेका थिए ।

शाही पर्यटनले बेलायतको अर्थतन्त्रमा वार्षिक ७४७ मिलियन डलरको योगदान गर्ने बताइएको छ । ह्यारी–मेगान विवाहले यसपटक बेलायती अर्थतन्त्रमा १२० मिलियन पाउन्ड योगदान दिने अनुमान
सेन्टर फर रिटेल रिसर्चको छ ।

बेलायती राजपरिवारले पछिल्लो दशकमा धेरै उतारचढाव बेहोर्यो। सन् १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो। पापाराज्जीले पिछा गरिरहँदा उनी दुर्घटनामा परेकी थिइन्।

त्यतिबेला बुहारी र राजतन्त्रको भविष्यबारे पत्रपत्रिका एवं टेलिभिजनमा अनेक बहस र भविष्यवाणी नै भएपछि रानीे सार्वजनिक रूपमै विज्ञप्ति जारी गर्न बाध्य भएकी थिइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको