Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ पुरुषलाई ‘प्रेम गर्न सिकाउने विद्यालय’

विहीबार, १० जेठ २०७५, १३ : ५६ मा प्रकाशित

चिनियाँ पुरुषलाई ‘प्रेम गर्न सिकाउने विद्यालय’

अर्थ संसार, काठमाडौं– एक्काइसौं शताब्दीमा ‘डेटिङ’ अर्थात प्रेम सम्बन्धमा रहनु कठिन पनि हुनसक्छ। व्यस्त कार्यतालिकामाझ ‘डेटिङ’ एपुको मद्दतले आफूले खोजेको साथी फेला पार्नु कहिले काहिँ त टाउको दुखाइसमेत बन्छ।

तर महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै बढी रहेको चीनजस्तो देशमा त यो थप चूनौतिपूर्ण छ। चीनको एकसन्तान नीतिका कारण महिला र पुरूषको संख्यामा यस्तो ठूलो असन्तुलन देखिएको हो।

जनसंख्या

सन् २०१६ को एउटा तथ्यांकले चीनमा महिला भन्दा पुरूषको जनसंख्या करिब ३ करोड ३६ लाखले बढी रहेको देखाएको थियो।

त्यही भएर एउटा डेटिङ विद्यालयले चीनका युवाहरूलाई कसरी आफ्ना सम्भावित मायालुहरूलाई खुसी बनाउने भन्ने बारे सिकाइरहेको छ। त्यसका लागि श्रृंखलाबद्ध रुपमा अनलाईन र प्रत्यक्ष कक्षाहरू नै सञ्चालन गर्ने गरिएको छ।

वार्तालाप सहितका कक्षादेखि नृत्य सिकाउनेसम्मका विषयहरूलाई उक्त विद्यालयले समावेश गरेको छ।

शुल्क

अलिक लजाउने स्वभावबाट आत्मविश्वासी बन्न मोटो रकम तिर्न त्यहाँ जाने विद्यार्थीहरूले सहमति जनाएका छन्। एक/एक जना व्यक्तिको तहमा पनि प्रशिक्षण दिइने उक्त विद्यालयले त्यसको शुल्क ४५०० डलर तोकेको छ।बेइजिङमा यस्तो खालको लव एनर्जीु नामक विद्यालय यी स्वीले चलाउँछन्।

‘म्याजिक कार्ड’ उपनाम भएका उनी भन्छन्, ‘‘डेटिङ एउटा उत्कृष्ट नृत्य जस्तै हो। कहिलेकाहिँ आफ्नो साथीलाई आफूतर्फ तान्नुपर्छ त कहिले अलिकति पर धकेल्नुपर्छ तर निरन्तर उसप्रति संवेदनशील भइराख्नुपर्छ।’’

प्रेम सम्बन्ध राख्न सिकाउने त्यस्ता कक्षाहरू प्रतिको आकर्षण चीनमा बढिरहेको छ। अनलाईनमार्फत त्यस सम्बन्धी कक्षाहरू लिन प्रति महिना ३० डलर शुल्क तिर्नुपर्ने बताइन्छ।

‘म्याजिक कार्ड’  का अनुसार उनका कक्षामा आउने ग्राहकको उमेर २३ देखि ३३ वर्षको बीचमा देखिन्छ। सबैभन्दा कम उमेरका विद्यार्थी १९ वर्षका छन् भने एक जना ५९ वर्षका वयस्क पनि डेटिङ कला सिक्न विद्यालयमा भर्ना भएका छन्।

विविसीको सहयोगमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको