Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थमा सुधार

आइतबार, १७ असार २०७५, १३ : ०३ मा प्रकाशित

‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थमा सुधार

अर्थ संसार, चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ ।

श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उहाँको स्वास्थ्यमा सुधार आएको छ ।

तीन महिनापछि उहाँ पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताउनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि उहाँहरु आज राति काठमाडौँ आउँदै हुनुुहुन्छ । उहाँसँगै जानुभएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसक्नुभएको छ ।

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उहाँले बताउनुभयो । उहाँलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको