Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप : फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर पाउँदा अरुले कति पाए ?

सोमबार, ३२ असार २०७५, ०८ : ४२ मा प्रकाशित

विश्वकप : फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै  ३९ मिलियन डलर पाउँदा अरुले कति  पाए ?

अर्थ संसार, काठमाडौं–  विश्वकप  २०१८ को उपाधि फ्रान्सले जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि कव्जा गरेको हो ।

उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।

दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

कसले कति पाए

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन डलर पाएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको