Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीमा मासु खाने बढे, दैनिक काटिन्छ ६ लाख खसी बोका

बुधबार, ०२ साउन २०७५, १६ : ५७ मा प्रकाशित

राजधानीमा मासु खाने बढे, दैनिक काटिन्छ ६ लाख खसी बोका

अर्थ संसार, काठमाडौँ– काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपत समेत बढ्दै गएको छ ।

काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ ।

काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ ।

पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउनुहुन्छ ।

‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भएपनि सरकारले मासुको गुणस्तरमा ध्यान दिननसकेको बताउनुभयो ।

नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको