Like us!
Follow us!
Connect us!
Watch us!

५ लाख भन्दा बढी शेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य

शुक्रबार, ०१ चैत्र २०७५, ११ : ३५ मा प्रकाशित

५ लाख भन्दा बढी शेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य

अर्थ  संसार, काठमाडौं–  यही बैंशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा  ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्वर (प्यान) अनिवार्य गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निश्कर्ष एंव नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णय अनुसार शेयर कारोबारमा स्थायी लेखा नम्वर (प्यान) अनिवार्य लागू गरिएको हो ।

तर, ५ लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । लगानीकर्ता तथा अन्य  सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोबारमा स्थायी लेखा नम्वर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने बोर्डको अपेक्षा छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७५\०७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजार मार्फत शेय खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्वर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने कार्यक्रम रहे बमोजिम बोर्डबाट वि.सं. २०७६ बैंशाख १ गतेबाट दोस्रो बजारमार्फत शेयर खरिद गर्दा स्थायी लेखा नम्वर अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

5c89fcaea16f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको