Like us!
Follow us!
Connect us!
Watch us!
सम्बृद्ध नेपाल निर्माणको लागि पूर्वाधार विकास बैंक

लगानीकर्ता नेपालमा जलविद्युतका परियोजनाहरुमा लगानी गर्न तत्पर छन तर लगानी फिर्ताको सुनिश्चितता गर्ने बैंकको खोजिमा छन

विहीबार, ०७ चैत्र २०७५, ११ : ०० मा प्रकाशित

लगानीकर्ता नेपालमा जलविद्युतका परियोजनाहरुमा लगानी गर्न तत्पर छन तर लगानी फिर्ताको सुनिश्चितता गर्ने बैंकको खोजिमा छन

पूर्वाधारको विकास सम्बृद्ध नेपाल निर्माणको एक प्रमुख आधारस्तम्भ हो । पूर्वाधार विकासले नेपाललाई विकसित देशहरुको श्रेणीमा पुर्याउन सहयोग गर्नेछ ।

जलविद्युत, उच्च भोल्टेज ट्रान्समिशनलाईन, कृषिजन्य उद्योग, आधुनिक उद्योग, पर्यटकीय होटल तथा रिसोर्ट, विमानस्थल, केबुल कार, मेट्रो तथा मोनो रेल, टोल सडक, पूल, केबुल कार आदिलाई पूर्वाधार भनी परिभाषित गरिएको छ ।

पूर्वाधार विकासको लागी देशमा ठुलो परिमाणमा लगानीको आवष्यकता रहेको छ । देशमा पूर्वाधारको निर्माणका लागी वित्तिय सहयोग उपलव्ध गराउने उद्येश्यले नेपाल पूर्वाधार विकास बैंकको स्थापना भएको छ ।

रु. २० अर्वको चुक्ता पूँजी भएको यस बैंकले नेपालमा आधारशिलाको निर्माणका लागी स्वदेशी तथा विदेशी लगानी परिचालन गरेर धेरैवटा आयोजनाहरुको निर्माण गर्न वित्तिय सहयोग प्रदान गर्न सक्तछ । यस बैंकले आफ्नो पूँजीबाट स्वदेशी पूँजी वजारबाट साधन परिचालन गरेर पूर्वाधारका परियोजनाहरु निर्माणका लागी कर्जा  लगानी गर्ने कुरा त छदै छ यस बैंकले ठुलो परिमाणमा निजीक्षेत्रमा विदेशी लगानी भित्राउने सहजकर्ता बैंककोरुपमासमेत काम गर्न सक्नेछ ।

विश्वभरी पूर्वाधारमा लगानी आकर्षण गर्न यस प्रकारका धेरै संस्थाहरु कार्यरत छन ।यस्ता विदेशी बैंक/संस्थाहरुसंग सहकार्य वा सामmेदारी गरेर पूर्वाधार विकास बैंकले आफनो पूँजीको आकार र कार्यक्षेत्र बिस्तार गर्नु आवष्यक छ । नेपालमा विदेशी मुद्राको कारोवारमा हुने जोखिम न्यूनिकरणका लागी हेजिंग फण्ड खडा गरि संचालन गर्ने कार्य भईरहेको छ । यो कार्य पूर्वाधार विकास बैंकले विदेशीहरुसंग मिलेर सुरु गर्नु उपयुक्त हुनेछ ।

संघिय सरकार तथा प्रदेश सरकारले परिकल्पना गरेका धेरैवटा आधारिशिलाका आयोजनाहरुको लागी वित्तिय साधन परिचालन गर्ने काम पूर्वाधार विकास बैंकबाट सम्पन्न हुने आशा गरिएको छ ।

कुलेखानी–हेटौंडा टनेल मार्ग -Toll Road_, तमोर–चिसांग बहुद्येशीय सिंचाई तथा जलविद्युत आयोजना, सुनकोशी–मरिन बहुद्येशीय आयोजना, सिंचाईका नहरहरुको दायाँ बाँया निर्माण गर्न सकिने सोलार विद्युत आयोजनाहरु आदि लाई यहाँ उदाहरणकोरुपमा प्रस्तुत गर्न सकिन्छ ।

ठुला निर्माण कम्पनी र निर्माण उपकरणहरु लिजिंगमा उपलव्ध गराई देशमा सिभिल संरचना निर्माण गर्ने ठुला कम्पनीहरु स्थापना र संचालन गर्न यस बैंकले वित्तिय साधन उपलव्ध गराउनु उपयोगी हुन्छ । यसो भएमा देशमा विदेशी निर्माण कम्पनीहरुको दवदवा कम हुनेछ ।

नेपाली नीजि लगानीबाट प्रवद्र्धन गरिएका धेरैवटा जलविद्युत परियोजनाहरु लगानीको अभावमा निर्माणमा जान सकेका छैनन ।नेपालमा नविकरणीय उर्जा उत्पादनका परियोजनाहरुमा लगानी गर्न विदेशी संस्था तथा लगानी फण्डका व्यबस्थापकहरु रुचिकर छन ।

पश्चिमी देशहरुमा पूँजीको पर्याप्तता रहेका छ तथा नेपालको तुलनामा ऋण पूँजीको व्याजदर कम छ । कर्जा लगानीका शर्तहरु सरल छन । निर्णय छिटो र छरितो तरिकाले सम्पन्न हुन सक्तछ । नेपालका परियोजनाहरुलाई विदेशी लगानीकर्ताहरुसंग समन्वय गरेर लगानी जुटाउने काम पूर्वाधार विकास बैंकले गर्नु पर्दछ ।

विदेशी लगानीकर्ताहरुले रकम लगानी गर्नु अघि परियोजनाको विष्लेषण गर्ने तथा यसले आय आर्जन गर्ने सुनिश्चितता तथा समयमा आफ्नो लगानी फिर्ता गर्न सक्ने सुनिश्चिचताका बारेमा विष्लेषण गरेपछि ऋण स्विकृत हुने प्रचलन छ । यसरी स्विकृत भएको रकम परियोजना निर्माण गर्ने कम्पनीले प्राप्त गर्न वित्तिय मध्यस्थ्ता गर्ने संस्थाको आवष्यकता पर्दछ । यो अभावको परिपूर्ति पूर्वाधार विकास बैंकले गर्न सक्तछ ।

पूर्वाधार विकास बैंकले परियोजनाको विष्लेषण निर्माण कार्यको सुपरिवेक्षण, परियोजनाबाट हुने आम्दानीको नियन्त्रण र व्यबस्थापन  गरी विदेशी लगानी विदेशीलाई तोकिएको शर्त बमोजिम तोकिएको समय सीमा भित्र फिर्ता गरि दिने जिम्मेवारी लिनु पर्ने हुन्छ । यो काम नेपालमा अहिलेसम्म सुरु भएको छैन । पूर्वाधार विकास बैंकले यसमा अगुवाई गर्नु पर्दछ ।

यो सेवा प्रदान गरेबापत परियोजना विकास गर्ने कम्पनीबाट एक निश्चित प्रतिशत कमिशन तथा शुल्क लिने प्रचालन छ । अहिले धेरैवटा लगानीकर्ता नेपालमा जलविद्युतका परियोजनाहरुमा लगानी गर्न तत्पर छन तर निजहरुको लगानीको सदुपयोगिता तथा फिर्ताहुने कुराको सुनिश्चितता गर्ने बैंकको खोजिमा छन ।

उनीहरु यो काम नेपाल सरकारले सार्वभौम ग्यारेण्टी मार्फत गरि दिओस भन्ने चाहन्छन । सो नभएमा ख्यातीप्राप्त बैंकहरुले जारी गर्ने बैंक ग्यारेण्टीलाई स्विकार गर्ने बताएकाछन ।यो काम पूर्वाधार विकास बेंकले गर्नु पर्दछ ।

पूर्वाधार विकास बैंकले स्वदेश तथा विदेशमा ऋणपत्रहरु जारी गरेर परियोजनाको लागी ऋण रकम संकलन कार्य गर्नु आवष्यक छ । स्वदेशमा “जलविद्युत विकास बण्ड” निष्काशन गरेर ठुलो परिमाणमा साधन संकलन गर्न सकिन्छ । नेपाली जनतासंग रहेको स–सानो अनुत्पादक बचत लाई लगानीमा परिणत गर्ने यो एक प्रभावकारी वित्तिय उपकरण हुन सक्तछ ।

नेपालमा आधारशिलाका परियोजनाहरुनिर्माणका लागी Engineering, Procuremnet, Construciton & Finance Model (EPCF) मा कामहरु भईरहेका छन । यस विधिमा परियोजना निर्माणको लागी ठेकेदार कम्पनीले लगानी परिचालन गरेर परियोजना निर्माण गरी सुसंचालन गरि दिने र सो को निश्चित समयपछि सो रकम फिर्ता लैजाने प्रचलन छ । हालका दिनहरुमा रसुवाको लांटाग जलविद्युत आयोजना तथा खिम्ती–२ जलविद्युत आयोजनाको प्रवद्र्धकहरुले यस मोडेलमा जलविद्युत आयोजनाहरु निर्माण गरिरहनु भएको छ ।

यो विधि अन्तर्गत परियोजनाको निर्माण सम्पन्न भई सुसंचालन भएको दुई वर्ष पछि सो परियोजनाबाट प्राप्त हुने आयमा आधारित भएर विदेशीले गरेको लगानी रकम फिर्ता गर्न बैंकहरुले ग्योन्टी (Payment Guarantee) जारी गर्नु पर्ने  आवष्यकता छ ।

यो काम पूर्वाधार विकास बैंकले सम्पन्न गर्न सक्तछ र बनी सकेका आयोजनाहरुलाई ऋण प्रवाह गर्न सक्तछ । पूर्वाधार विकास बैंकले प्रवाह गर्ने ऋणको भुक्तानीको किस्ता अद्र्धवार्षिक वा वार्षिक हुनु उपयोगी हुन्छ ।

नेपालका बाणिज्य बैंकहरुबाट जलविद्युत परियोजनाहरुमा लगानी गर्ने रकमको सीमा समाप्त भई थप लगानी गर्न कठीन भईरहेको अवस्था छ । धेरैवटा जलविद्युत आयोजनाहरुले वित्तिय समायोज गरी निर्माणको काम गर्न सकिरहनु भएको छैन । यस परिप्रेक्षमा बाणिज्य बैंकहरुले लगानी गर्नु भएको रकम परियोजनाको निर्माण सम्पन्न भईसकेका आयोजनाहरु यस पूर्वाधार विकास बैंकले पुनरकर्जा विधिबाट प्राप्त गरी बाणिज्य बैंकहरुलाई तरलता प्राप्त गर्न सहयोग गर्न सक्तछ ।

पूर्वाधार विकास बैंकले गर्नु पर्ने अर्को महत्वपूर्णकाम भनेको पुर्वाधारका धेरैवटा संभाव्य आयोजनाहरुको संभाव्यता अध्ययन गरी बैंकलाई स्विकार हुने खालका प्रतिवेदनहरु तैयार गरी परियोजना बैंक बनाउनु पर्दछ । सुरुका दिनहरुमा यस कामको लागी बैंकले आन्तरिक सल्लाहकारहरुको सेवा लिनु उपयुक्त देखिन्छ । आफुसंग पर्याप्त परियोजनाहरुको सूचि तैयार भएपछि सो को लागी रकम खोजी गर्न विदेशी लगानीकर्ताहरुलाई बोलाउने अथवा त्याहाँ गएर प्रस्तु गर्ने चलन छ ।

यसमा विदेशीलगानीकर्ताहरुले आफनो रुचि अनुसारका परियोजनाहरुमा लगानी गर्नेछन । लगानी सम्मेलन २०१९ मा पूर्वाधार विकास बैंकले नीजिक्षेत्रबाट प्रस्तुत धेरैवटा परियोजना र विदेशी लगानीकर्ता बीच छलफल आयोजना गराउनु पर्दछ ।

नेपालमा कार्यरत आधारशिला विकासको काममा संलग्न हुन भएका उद्यमीहरुलाई बोलाई छलफल तथा कार्यशाला आयोजना गरी बैंकले वाहाँहरुको रुचि अनुसारका आयोजनाहरुको सूचि बनाई त्यसमध्येका संभाव्य आयोजनाहरुको लागी विदेशी लगानी खोजी गर्नु पर्दछ ।

विदेशी लगानी ल्याउन सहयोग गर्ने उद्येश्यले विदेशी सल्लाहकारहरु नेपाल भ्रमण गरिरहेका भेटिन्छन । नेपाल स्थित विदेशी राजदुतावास तथा सहयोग निगमहरुले पनि लगानी प्रवद्र्धन गर्ने कामहरु गरिरहेका छन । विदेशी लगानीकर्ताको काम गर्ने तरिका, तैयार गर्नु पर्ने आवष्यक कागजातहरु तथा रिपोर्टका विधिहरु आदि सिक्नका लागी हामिलाई लामो समय लाग्न सक्तछ ।

पूर्वाधार विकास बैंकलाई सुसंचालनको लागी केही वर्षसम्म विदेशी सहायता परिचालन गरी विदेशी सल्लाहकारहरु नियुक्त गरे काम गर्नु पर्ने र यस कार्यका लागी विदेशी दातृ निकायहरुलाई अनुरोध गर्नु पर्ने आवष्यकता छ । यसमा नेपाल सरकारले सहयोग प्रदान गर्नु पर्दछ । आफैले  सिकेर यस क्षेत्रमा विज्ञता हासिल गरेर व्यबसाय विकास गर्ने क्रमले लामो सयम लिने कुरा पक्का रहेको हुँदा छोटो र प्रभावकारी बाटो अपनाउन आवश्यक छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको