Like us!
Follow us!
Connect us!
Watch us!

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

मंगलबार, २४ बैशाख २०७६, ०७ : ४४ मा प्रकाशित

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

अर्थ संसार, लण्डन-बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो । 

सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताउनुभएको थियो । 

उहाँले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिनुभयो ।  

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उहाँहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गर्नुभएको हो ।  

अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न हुनुहुन्थ्यो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको