Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमार्फत अर्थमन्त्रीले ल्याए यस्तो योजना, अब के शेयर बजारले मार्ला त छलाङ्ग ?

बुधबार, १५ जेठ २०७६, १८ : ५१ मा प्रकाशित

बजेटमार्फत अर्थमन्त्रीले ल्याए यस्तो योजना, अब के शेयर बजारले मार्ला त छलाङ्ग ?

अर्थ संसार, काठमाडौं– धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने  भएको छ ।

संसदमा नयाँ बजेट पेश गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संस्थागत सुधार गरिने बताएका छन् ।

त्यस्तै, दोस्रो शेयर बजारमा गैर आवासिय नेपालीले दोस्रो बजारबाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाउँनुको साथै सबै करोबार गर्नेै गरी धितोपत्र बजार फराकिलो बनाउने बताएका छन् ।

ट्रस्टि ऐन बनाएर सेयर अभौतिकीकरण र सिडिएससी लगायतका कार्य व्यवस्थित गरिने भएको छ ।सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने भएको छ ।

सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने उल्लेख छ ।

आर्थिक वर्ष २०७६\०७७ को बजेटमार्फत ल्याइएको शेयर सम्बन्धी यस्तो व्यवस्थाले दोस्रो शेयर बजारमा भोलीका दिनमा कस्तो असर पर्ला ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको