Like us!
Follow us!
Connect us!
Watch us!

यसपालीको दशैं बिदा काटियो

अर्थ संसार

शुक्रबार, २७ भदौ २०७६, १० : ०० मा प्रकाशित

यसपालीको दशैं बिदा काटियो

अर्थ संसार, काठमाडौं–  वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ । तीजपछि हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ ।

आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् ।

दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र  बिदा दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको