Like us!
Follow us!
Connect us!
Watch us!

भब्य समारोहबीच जापानी सम्राट नारूहितोको राजगद्दि आरोहण, राष्ट्रपति भण्डारी पनि सहभागी (तस्बिरहरु सहित)

मिलन खड्का

बुधबार, ०६ कार्तिक २०७६, ०८ : ०५ मा प्रकाशित

भब्य समारोहबीच जापानी सम्राट नारूहितोको राजगद्दि आरोहण, राष्ट्रपति भण्डारी पनि सहभागी (तस्बिरहरु सहित)

अर्थ संसार,टोकियो-जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुनुभएको छ ।

जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो ।

विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो ।

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बन्नुभएको थियो । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो । 

जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बस्नुभएको थियो । त्यहाँबाट उहाँले एउटा लिखित मन्तव्य वाचन गर्नुभयो ।

“राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु ।”

सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताउनुभयो । सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गर्नुभयो ।

सम्राट नारूहितोले सम्वोधनमा भन्नुभयो, “यस अवसरमा  मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु ।”

उहाँले भन्नुभयो, “जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ–अवसरमा गर्न चाहन्छु ।”

उहाँले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गर्नुभएको थियो ।

सो अवसरमा उहाँकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बस्नुभएको थियो । उहाँले  लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गर्नुभएको थियो भनेसम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए । 

प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गर्नुभएको थियो । 

मङ्गलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गनुभएको छ । 

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ । उहाँले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्नुहुन्छ । 

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ । 

 

5dafbd7ab95ac.jpg 5dafbd7bc11d0.jpg 5dafbd7c0b74f.jpg 5dafbd7cd8793.jpg 5dafbd7cde689.jpg 5dafbd7dca72a.jpg 5dafbd7e00a95.jpg 5dafbd80a9809.jpg 5dafbd80adc99.jpg 5dafbd8175147.jpg 5dafbd8192687.jpg 5dafbd839ae0a.jpg 5dafbd84dbfdc.jpg 5dafbd854e451.jpg 5dafbd856afcc.jpg 5dafbd89616c7.jpg 5dafbd8a1e7bf.jpg 5dafbd8a81ec7.jpg 5dafbd8a9b2aa.jpg 5dafbd8b2a8f9.jpg 5dafbd8b6e5f5.jpg 5dafbd8b9cbc7.jpg 5dafbd8bc191b.jpg 5dafbd8c04a04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको