Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपको ठूलो चौरमा सुरु भयो ‘जुत्ता चप्पल व्यापार मेला’ ७० प्रतिशतसम्म छुट, मुख्य ब्राण्डहरु एकै ठाउँ

अर्थ संसार

शुक्रबार, ०६ मंसिर २०७६, १९ : ०४ मा प्रकाशित

भृकुटीमण्डपको ठूलो चौरमा सुरु भयो ‘जुत्ता चप्पल व्यापार मेला’  ७० प्रतिशतसम्म छुट, मुख्य ब्राण्डहरु एकै ठाउँ

अर्थ संसार, काठमाडौं- नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा  शुक्रबारदेखि ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ शुरु  भएको छ ।भृकुटीमण्डपस्थित ठूलो चौरमा  शुक्रबारदेखि ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ शुरु  भएको छ ।

मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा जाडोको सिजनलाई लक्षित गरेर जुत्ताचप्पल राखिएको आयोजकको भनाइ छ । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्न समेत प्रबन्ध निर्देशक न्यौपानेले आग्रह गरे । मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उहाँले जानकारी दिए  ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।  ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हो,’ प्रसाइले भने । मेला १० दिनसम्म चल्ने छ ।

Note : हाम्रो Youtube Channel  arthasansar tv Subscribe गरीदिनुहोला ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको