Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट!

अर्थ संसार

शनिबार, १२ पुस २०७६, ०८ : ५७ मा प्रकाशित

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट!

अर्थ संसार, काठमाडौं - शेयरधनीको चर्को आलोचान खेप्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंक संचालनमा अर्बै खर्च गरेको छ । बैंक व्यवस्थापन र संचालकहरु शेयरधनीलाई कसरी राम्रो लाभांश दिने भन्दा पनि कसरी आफ्नो बैठक भत्ता  र अन्य सुविधा बढाउने खेलमा देखिएपछि शेयरधनीले चर्को आलोचना गर्दै आएका हुन् ।

जसको परिणाम स्वरुप आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभामा शेयरधनीले देखाएको नाङ्गो नाचबाट छलाङ्ग हुन्छ । गत आश्विन १० गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा भएको बैंकको १३ औं वार्षिक साधारणसभामा शेयरधनी चर्को आवाज र अवरोधले संचालक समितिको बैठक भत्ता बढाउने प्रस्ताव रोकिएको थियो  ।

साधारणसभामा साविकको  प्रति बैठक अध्यक्षलाई १३ हजारबाट २० हजार पर्याउने र संचालक सदस्यहरुलाई प्रतिबैठक ११ हजारबाट १८ हजार पर्याउने तीन महले प्रस्ताव बैंकले अघि सारेको थियो । शेयरधनीको चर्को विरोधपछि संचालकको बैठक भत्ता बढाउने प्रस्तावबाट पछि हाटेको थियो ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

कर्मचारीको कामकारवाही प्रति गम्भिर प्रश्न उठ्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल बैंकले गत आर्थिक वर्षमा कर्मचारी खर्चमा ९० करोड २ लाख ४४ हजार ३५४ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी कार्यालय संचालनमा ६३ करोड ५१लाख ५५ हजार २२६ रुपैयाँ खर्च गरेको छ ।  बैंकले गत वर्ष निर्वतमान प्रमुख  कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिृकतलाई गरेर १ करोड ७९ लाख ६३ हजार १७९ रुपैयाँ खर्च गरेको छ ।  बैंकको प्रमुख कार्यकारी अधिकृतमा अहिले गणेश राज पोखरेल रहेका छन ।

बैंकले निवर्तमान प्रमुख कार्यकारी अधिकृतलाई  ४५ लाख ५० हजार ६१३ रुपैयाँ तलब,  २६ लाख ४ हजार ७५३ रुपैयाँ भत्ता, ११ लाख ४० हजार ४ सय दशैं भत्ता र ४ लाख ५५ हजार ०६१ रुपैयाँ संचयकोष योगदान गरी कूल ८७ लाख ५० हजार ८२७ रुपैयाँ  पारिश्रमीक तथा भत्ता  खर्च गरेको छ । 

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित}

त्यसै गरी बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई  ४१ लाख ५७ हजार ३५८ रुपैयाँ तलब,  ४३ लाख ४ हजार ५०८ रुपैयाँ भत्ता, ३ लाख ३४ हजार ७५० रुपैयाँ दशैं खर्च र ४ लाख १५ हजार ७३५ रुपैयाँ संचयकोष योगदान गरी कूल ९२ लाख १२ हजार ३५२ रुपैयाँ खर्च गरेको छ । यी दुई प्रमुखले सवै पैसा खोजिमा भने हालेका छैनन् । बैंकले दिएको कूल तलव र भत्ताबाट सरकारलाई कर समेत तिरेका छन् ।  बैंकको वार्षिक प्रतिवेदन हेर्दा एक बैंकका दुई प्रमुखले गाडी र बीमा सुविधा समेत लिएका छन् ।

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित)

बैंकले संचालकको बैठक भत्ता ३० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । त्यसै गरी  २ लाख ५२ हजार रुपैयाँटेलिफोन  मोबाईल खर्च, ५ लाख ९२ हजार ९३५ रुपैयाँको इन्धन, १ लाख ६८ हजार रुपैयाँको पत्रपत्रिकामा खर्च गरिएको छ । बैंकको ७ सदस्यी संचालक समिति रहेको छ । बैंकले शेयरधनीलाई १२ प्रतिशत  नगद लाभांश र ३ प्रतिशत बोनश शेयर दिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको