Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ साेमबार राष्ट्र बैंकले तोकेको विनिमयदर

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १० : २४ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ साेमबार राष्ट्र बैंकले तोकेको विनिमयदर

अर्थ संसार, काठमाडौं –  नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (साेमबार) कतारी रियाल र बहराइन दिनारको भाउ केही घटेको छ भने अरु मुद्रा स्थिर रहेकाे छ । साेमबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेकाे छ ।

त्यसैगरी, साेमबार एक कुवेती दिनारको खरिददर  ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकिएको छ । आज एक बहराईन दिनार एक को खरिददर  ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यसका साथै, साेमबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको