Like us!
Follow us!
Connect us!
Watch us!

२६ वर्षीया महिलाले दिइन् एकै पटकमा चार सन्तानलाई जन्म

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १६ : २३ मा प्रकाशित

२६ वर्षीया महिलाले दिइन् एकै पटकमा चार सन्तानलाई जन्म

अर्थ संसार, काठमाडौं – पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रिया मार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।

हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिएका छन् ।

यस्तै, पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डाक्टर पाण्डेले बताएका छन् । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको