Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तकाे नाफा ५८.५१ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १२ : ४९ मा प्रकाशित

वोमी लघुवित्तकाे नाफा ५८.५१ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५८.५१ प्रतिशत धेरै हाे ।

यसैगरी, संस्थाकाे प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४६ पैसा रहेको छ । उक्त प्रतिशेयर आम्दानी गत वर्षभन्दा २४ रुपैयाँ ४८ पैसाले घटेकाे हाे । संस्थाको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५६ पैसा रहेकाे छ ।  

यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ ।

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e3134f8f1fac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको