Like us!
Follow us!
Connect us!
Watch us!

३१९.६६ प्रतिशतले बढ्याे एशियन लाईफकाे नाफा, अरू सूचक के भयाे ?

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १३ : ५९ मा प्रकाशित

३१९.६६ प्रतिशतले बढ्याे एशियन लाईफकाे नाफा, अरू सूचक के भयाे ?

अर्थ संसार काठमाडाैं - एशियन लाईफ इन्स्याेरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा  १२ करोड १३ लाख ९७ हजार ६४२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

 उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३१९.६६ प्रतिशत धेरै हाे । गत वर्ष संस्थाले २ करोड ८९ लाख २७ हजार ६६२ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गर्न सफल भएकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३१.४७ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी १२ रुपैयाँ ०७ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३४ रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e3bcb02bd8b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको