Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको नाफासँगै खुद बिमा शुल्क पनि बढ्याे

निशा हुमाँगाई

सोमबार, २७ माघ २०७६, १४ : ३१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको नाफासँगै खुद बिमा शुल्क पनि बढ्याे

अर्थ संसार काठमाडाैं - नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  दोस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

 उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १९.४४ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३२ करोड १९ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गर्न सफल भएकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३४.०७ प्रतिशत धेरै हाे । गत वर्ष कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e41185792a85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको