Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन

निशा हुमाँगाई

बुधबार, ०५ चैत्र २०७६, १४ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपीओ) मा मागभन्दा धेरै आवेदन परेको छ । 

निष्कासन गरिएकाे दाश्राे दिन आज (बुधबार) दिनकाे साढे एक सम्ममा १ करोड ९५ लाख ६६ हजार १३० कित्ता आवेदन परेकाे बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएकाे छ ।

कम्पनीले  हिजाेदेखि  १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको हाे । त्यस्तै, निष्कासन गरिएकाे पहिलाे दिनमा नै ४२ लाख ४० हजार २९० कित्ता आवेदन परेको थियाे । हिजाे २७ हजार ३५९ जना आवेदकले आवेदन दिएका बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएकाे छ ।

यसैगरी, कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गरेको उक्त साधारण शेयरलाई इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको