Like us!
Follow us!
Connect us!
Watch us!

अफर अहिले लिनुस्, पैसा पछि तिर्नुस्

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १४ : ३७ मा प्रकाशित

अफर अहिले लिनुस्, पैसा पछि तिर्नुस्

अर्थ संसार, काठमाडौं - महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सेवा पुर्याउने हिसावले एनसेलले विभिन्न नयाँ अफरहरू सञ्चालनमा ल्याउने क्रम जारी राखेकाे छ । 

अब एनसेलका प्रिपेड ग्राहकले आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहन सक्ने भएका छन् । 

हाल विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीकाे रूपमा फैलिरहेकाे बेलामा एनसेलले गएको शुक्रबारदेखि प्रिपेड ग्राहकका लागि यो प्याक उपलब्ध गराउँदै आएको छ । 

यस अफर अन्तर्गत ग्राहकले मात्र ५ रूपैयाँमा २५० एमबी डाटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् । उक्त डाटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु सात दिनको लागि मान्य हुने एनसेलले जनाएको छ । 

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । 

माेबाइलमा मेन ब्यालेन्स शून्य भएका वा ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुरु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् ।

याे प्याक सुचारू गर्नका लागि ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गर्नुपर्ने छ । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । यसबाहेक अन्य शुल्क भने लाग्ने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको