Like us!
Follow us!
Connect us!
Watch us!

भोजपुरमा एक युवककाे आरडीटी पोजिटिभ

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १३ : ३६ मा प्रकाशित

भोजपुरमा एक  युवककाे आरडीटी पोजिटिभ

अर्थ संसार, काठमाडौं – भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकास्थित एक युवकमा कोरोना संक्रमणको आशंका गरिएकाे छ ।

२६ वर्षिय ती युवकको मंगलबार आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हाे । अहिले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारस्थित आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिएका छन् । 

पीसीआर विधिबाट परीक्षण गरे पश्चात मात्र उनकाे अन्तिम रिपोर्ट आउने उनले बताए । उनकाे स्वाब संकलन गरी सङ्क्रमित भए नभएको यकिन गर्न पुन:परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

ती युवक गत फागुन ३० गते साउदीबाट नेपाल आएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको