Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ भारतकाे काेराेना अवस्था ?

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १२ : २० मा प्रकाशित

कस्ताे छ भारतकाे काेराेना अवस्था ?

अर्थ संसार, काठमाडौं - भारतमा दिन प्रतिदिन काेराेना भाइरसकाे संक्रमण थपिँदै गइरहेकाे छ । पछिल्लाे २४ घन्टा यता मात्र भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

सोमबार बिहानको तथ्यांक अनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । त्यस्तै, हालसम्म २० हजार १७७ कोरोनाका संक्रमित अस्पतालमा उपचाररत रहेका मन्त्रालयले जानकारी दिएकाे छ । 

कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र सपिङ्ग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।

भारतमा संक्रमण बढ्दै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लागि बन्दाबन्दी (लकडाउन) आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ । – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको