Like us!
Follow us!
Connect us!
Watch us!

शेयर काराेबार वैशाख २५ गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय (विज्ञप्ति)

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १४ : ३२ मा प्रकाशित

शेयर काराेबार वैशाख २५ गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय (विज्ञप्ति)

अर्थ संसार, काठमाडौं - आगामी वैशाख २५ गतेसम्म शेयर काराेबार बन्द हुने भएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे आज (वैशाख १५ गते, साेमबार) बसेकाे सञ्चालक समितिको बैठकले वैशाख २५ गतेसम्म शेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे हाे ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा हिजाे (आइतबार) बसेको मन्त्रिपरिषद्काे बैठकले लकडाउन अझै १० दिन लम्ब्याउने निर्णय गरेसँगै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ काे उपनियम १ अनुसार लकडाउन अवधिभर धिताेपत्रकाे काराेबार स्थगन गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, लकडाउन अवधि पश्चात बजार नियमित रूपमा सञ्चालन हुन सक्ने हुँदा आवश्यक तयारी गर्न समेत नेप्सेले सम्पूर्णलाई आह्वान गरेकाे छ ।  

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ : 

5ea69e3f1c112.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको