Like us!
Follow us!
Connect us!
Watch us!

‘लकडाउन’ झनै कडा पार्न मन्त्रालयकाे निर्देशन

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १३ : ५५ मा प्रकाशित

‘लकडाउन’ झनै कडा पार्न मन्त्रालयकाे निर्देशन

अर्थ संसार, काठमाडौं - गृहमन्त्रालयले मातहतका निकायलाई ‘लकडाउन’ झनै कडा पार्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासबिनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र बिचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिक रुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले, मन्त्रालयले आजदेखि पासबिनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे बसेकाे मन्त्रिपरिषदको बैठकले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याएको छ ।

त्यसैगरी, अहिलेसम्म मुलुकमा ५२ जनामा कोराेना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १६ जना काेराेनालाई जितेर घर फर्किसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको