Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्सकाे खुद नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, ११ : ३८ मा प्रकाशित

युनाइटेड फाइनान्सकाे खुद नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार, काठमाडौं – युनाइटेड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ७ करोड १६ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३९.८६ प्रतिशत अर्थात २ करोड ४ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ५ करोड १२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे खुद व्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँले बढाएर २६ करोड ६२ लाख  रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २० करोड ६३ लाख रुपैयाँ व्याज आम्दानी गरेकाे थियो । 

फाइनान्सकाे सञ्चालन मुनाफा पनि २ करोड ९१ लाख रुपैयाँलबढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे सञ्चालन मुनाफा ७ करोड ३२ लाख रुपैयाँ रहेकाे थियो । 

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब ४ करोड ८ लाख  रुपैयाँ, जगेडा कोषमा २४ करोड १६ लाख ४ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७९१ रुपैयाँ ८६ पैसा रहेको छ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb3a31812071.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको