Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे मिर्मिरे लघुवित्तकाे नाफा, चुक्ता पूँजी कति ?

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १० : २८ मा प्रकाशित

घट्याे मिर्मिरे लघुवित्तकाे नाफा, चुक्ता पूँजी कति ?

अर्थ संसार काठमाडाैं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा १६.७४ प्रतिशत अर्थात ६० लाख २२ हजार रूपैयाँले घटेको छ । चैत्र मसान्तसम्ममा संस्थाले २ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २६.४६ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले८ करोड ८३ लाख  रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ४ करोड ७१ लाख रुपैयाँबाट घटेर ३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १८ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा १० करोड ५० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २५ पैसा रहेको छ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb789ffb14a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको