Like us!
Follow us!
Connect us!
Watch us!

थप २ जना संक्रमितले जिते कोरोना

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, ०८ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपालमा आइतबार थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । याे सँगै हालसम्म नेपालमा निकाे भएर घर फर्किनेकाे संख्या ३३ जना पुगेकाे छ । 

झापाको दमक निवासी ६३ वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक काेराेनालाई जितेर घर फर्किएका हुन् । 

यसैगरी, विराटनगरको कोशी अस्पतालमा उपचाररत उनीहरुमा पछिल्ला पटक गरिएका परीक्षणहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको