Like us!
Follow us!
Connect us!
Watch us!

थप एक जनामा आरडिटी पोजेटिभ

निशा हुमाँगाई

विहीबार, ०८ जेठ २०७७, ११ : २३ मा प्रकाशित

थप एक जनामा आरडिटी पोजेटिभ

अर्थ संसार, काठमाडौं - नेपालमा थप एक जनामा आरडिटी पोजेटिभ देखिएकाे छ । भारतबाट फर्किएका स्याङ्जाका एक जनामा आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) पोजेटिभ देखिएकाे हाे ।

भारतबाट आउँदै गर्दा सीमा नाका राम्दीमा दूत परिक्षण विधिवाट परिक्षण गर्ने क्रममा पोजिटिभ देखिएको  गल्याङ नगर स्वास्थ्य शाखा प्रमुख लिलाप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

यसैगरी, भारतको नौतनवामा १४ दिन र रुपन्देहीको देवदहमा ४ दिन बिताएपछि उनी स्याङजामा आइपुगेका थिए । उनीसँगै अन्य ११ जना पनि आएको थिए । उनीहरूकाे भने आरडिटी नेगेटिभ देखिएको छ । 

त्यस्तै, आरडिटी पोजेटिभ देखिएका उनकाे पिसीआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन गरी पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको