Like us!
Follow us!
Connect us!
Watch us!

मृत्यु भएको ३१ घण्टामा बल्ल उठ्याे शव

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १५ : २१ मा प्रकाशित

मृत्यु भएको ३१ घण्टामा बल्ल उठ्याे शव

अर्थ संसार, काठमाडौं – रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका - ६ का ४१ वर्षीय पुरूष, कोरोना संक्रमितको शव मृत्यु भएको ३१ घण्टामा नेपाली सेनाको टोलीले उठाएको छ ।

बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसैगरी, अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयसम्म चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शव व्यवस्थापन गरेको हो ।

त्यस्तै, उनको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएका छन् । मृतककाे भाइले दिएकाे जानकारी अनुसार अन्तिम संस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता रहेकाे थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको