Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले निकाल्याे पुर्नकर्जा कार्यविधिकाे मस्याैदा (सूचीसहित)

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, ११ : ५९ मा प्रकाशित

राष्ट्र बैंकले निकाल्याे पुर्नकर्जा कार्यविधिकाे मस्याैदा (सूचीसहित)

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बैंकले पुनरकर्जा कार्यविधिको मस्यौदा तयार पारी सार्वजनिक गरेको हाे ।

बैंकद्वारा सार्वजनिक गरिएकाे उक्त मस्यौदामा पुनरकर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी ३ वर्गमा वर्गीकरण गरिएको हाे । उक्त मस्याैदा अनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनरकर्जामा बैंकहरुले ऋणिबाट ५ प्रतिशत व्याज लिन पाउने छन् भने विशेष पुनरकर्जामा ३ प्रतिशतसम्म व्याज लिन पाउने छन् । 

लघु,घरेलु तथा साना उद्यम पुनरकर्जा : उद्यमी स्वयम संलग्न भई सञ्चालन गरिएका उद्यम,व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।

विशेष पुनरकर्जा : बैंकले समय समयमा कुनै क्षेत्रलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।

साधारण पुनरकर्जा : माथिका २ पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।

थप जानकारीका लागि तल उल्लेख गरिएकाे बैंकद्वारा सार्वजनिक पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको