Like us!
Follow us!
Connect us!
Watch us!

डिस्चार्ज भए देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १७ : १४ मा प्रकाशित

डिस्चार्ज भए देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (बिहीबार) कोरोना भाइरसबाट संक्रमित थप १२ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या २९० जना पुगेको छ । जसमध्ये २३४ जना पुरूष र ५६ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना र कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका हुन् ।  

त्यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० जनाकाे मृत्यु भएकाे छ भने संक्रमितकाे संख्या २ हजार ६ सय ३४ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको