Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप ३० संक्रमित

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, ०९ : ५५ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप ३० संक्रमित

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसबाट संक्रमित थप ३० जना निको भएर घर फर्किएका छन् । प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका हुन् ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।  याे सँगै प्रदेश नं १ बाट निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्किनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ रहेका छन् । विराटनगरबाट घर फर्केने पूर्व सङ्क्रमित गत वैशाख ५ देखि जेठ ९ गतेसम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए । गत वैशाख ५ गते केन्द्रमा भर्ना भएका विराटनगर–१७ का ५७ वर्षीय कासिम मियाँलाई उदयपुरको भुल्केमा सङ्क्रमण भएको थियो । निको भएर घर जानेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मियाँ रहनुभएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले बताएका छन् ।

विराटनगर केन्द्रबाट आज निको हुनेमा सप्तरीका रामदुल्ला मियाँ, रवनकुमार साह, उदयपुरका मोहम्मद सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहतर, रिङ्कु सहनी, धनकुटाकी शिला लिम्बू, गणेश बुढाथोकी, बादल गनगाईं, मोरङ रतुवामाईका मुमताज आलम, झापा कचनकबलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरङ पथरी शनिश्चरेका रमेश कार्की, खोटाङका दीपेन्द्र राई र सङ्खुवासभाका निशा थापामगर रहेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको