Like us!
Follow us!
Connect us!
Watch us!

अब यसरी सजिलै ट्रान्सफर गर्नुस् फेसबुकको फोटो गूगल फोटोजमा

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, ११ : ०५ मा प्रकाशित

अब यसरी सजिलै ट्रान्सफर गर्नुस् फेसबुकको फोटो गूगल फोटोजमा

अर्थ संसार, काठमाडौं - अब फेसबुक प्रयाेग गर्ने प्रयाेगकर्ताहरूले आफ्नाे फेसबुक अकाउन्टमा भएका फोटो तथा भिडियोहरू सजिलै गूगल फोटोजमा ट्रान्सफर गर्न सक्ने भएका छन् । 

फेसबुकले फोटो तथा भिडियो ट्रान्सफर गर्न सकिने टुल सबैको लागि उपलब्ध गराएको हाे ।

फोटो तथा भिडियो ट्रान्सफर गर्ने तरिका यस प्रकारकाे छ :

१. फेसबुक अकाउन्ट लगइन गर्ने ।

२. फेसबुकको सेटिङमा गएर ‘योर फेसबुक इन्फरमेसन’ (Your Facebook Information) ट्याप गर्ने ।

३. ‘ट्रान्सफर अ कपी अफ योर फोटोज ओर भिडियोज’ (Transfer a copy of your Photos or Videos) अप्सनमा क्लिक गर्ने ।

४. चुज डेस्टिनेसन (Choose Destination) भन्ने अप्सनमा (Option) क्लिक गरी गूगल फोटोज छनाेट गर्ने ।

५. फोटो वा भिडियो के ट्रान्सफर गर्ने हो त्यो छनाेट गर्ने ।

६. गूगल अकाउन्टको जानकारी दिएर कन्फर्म ट्रान्सफरमा क्लिक गर्ने ।

यसरी माथी उल्लेख गरिएकाे तरिकाहरू अपनाएर आफ्नाे फेसबुक अकाउन्टमा भएका फोटो तथा भिडियोहरू सजिलै गूगल फोटोजमा ट्रान्सफर गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको