Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम बढ्दै कोरोना बीमा गर्नेको संख्या

निशा हुमाँगाई

शनिबार, ३१ जेठ २०७७, १७ : १७ मा प्रकाशित

धमाधम बढ्दै कोरोना बीमा गर्नेको संख्या

अर्थ संसार, काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् ।

स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा यहाँका ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक लाखको कोरोना बीमा गराएको गाउँपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बीमा गरेको अध्यक्ष तामाङले बताएका छन् ।

आइएमई जनरल इन्स्योरेन्समा कर्मचारी र जनप्रतिनिधि गरी १२९ जनाको रु एक लाख बराबरको एक वर्ष अवधिको बीमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिएका छन् । वडा नं १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बीमा गरिसकेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको