Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १७ : ५० मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा नं. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरूको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश एक लाख पचास हजार रूपैयाँ र एक लाख पैसठ्ठी हजार रूपैयाँ गरी जम्मा तीन लाख पन्ध्र हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन् ।

असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । 

त्यसैगरी, असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरूमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको