Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्याेरेन्सको शतप्रतिशत हकप्रद खुल्यो, कहाँबाट भर्ने ?

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १० : १८ मा प्रकाशित

गुराँस लाइफ इन्स्याेरेन्सको शतप्रतिशत हकप्रद खुल्यो, कहाँबाट भर्ने ?

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आज (असार १४ गते, आइतबार) देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले आफ्नाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे । आज (असार १४ गते, आइतबार) बाट निष्कासन गरिएकाे उक्त हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त हकप्रद निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते बिहीबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो । तसर्थ, फागुन २१ गते बुधबारसम्म कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा, गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुर शाखा तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको