Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरमा सामान किन्दा के एन ९५ मास्क सित्तैमा

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, १४ : ३५ मा प्रकाशित

रिचार्जरमा सामान किन्दा के एन ९५ मास्क सित्तैमा

अर्थ संसार, काठमाडौं - मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । 

आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले भाेलि असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरूलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो । 

उक्त सेल अवधिमा जुस अडर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडीम गर्नुपर्ने हुन्छ ।  रिचार्जरको मोबाईल एप डाउनलोड गरि खाता सञ्चालन गर्ना साथ एक हजार क्यास प्वाइण्ट पाईने रिचार्जरले जनाएको छ । साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडीम गरेर जुस किन्दा मास्क निशुल्क पाईने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए ।  

‘अहिले बजारमा १० ओटा मास्कको मूल्य नै एक हजार रूपैयाँ भन्दा धेरै पर्छ ।  त्यहि भएर थाईल्याण्डमा उत्पादित उच्च गुणस्तरको  इम्युनिटि बुस्टर जुस  किन्दा मास्क सित्तैमा दिन लागेका  हौं’ अलाईभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ । मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरू भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुनेछ ।  

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि  कोभिड १९ का सुरक्षा उपकरणहरू समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको