Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंक र रोयल रेमिटबीच भयाे यस्ताे सम्झौता

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १३ : १७ मा प्रकाशित

सनराइज बैंक र रोयल रेमिटबीच भयाे यस्ताे सम्झौता

अर्थ संसार, काठमाडौं – सनराइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित  ह्वाइट एभरेष्ट लिमिटेडद्वारा संचालित रोयल रेमिट मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरूलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । 

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लिमिटेडका देशभर रहेका १३० शाखाहरू तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरू विभिन्न वाणिज्य र विकास बैंकहरूको खाताहरूमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा विश्वस्त रहेकाे बैंकले बताएकाे छ ।     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको