Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १२ : ५० मा प्रकाशित

वर्षाका कारण नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द

लगातारको वर्षाले खेल मैदान भिजेपछि नेपाल 'ए' र आयरल्यान्ड वुल्भ्सबीचको टिट्वान्टी खेल रद्द भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा आज मध्यान्ह १ बजेका लागि समय निर्धारित गरिएको खेल मैदानमा पानी जमेका कारण रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । आयरल्यान्ड वुल्भ्सले नेपालको 'ए' टिमसँग टिट्वाण्टी र एकदिवसीय सिरिज खेल्न लागेको हो ।

यस राष्ट्रिय टोलीसँग भएको टिट्वान्टी सिरिजमा आयरल्यान्ड वुल्भ्स २-० अन्तरले पराजित भएको थियो । नेपालको 'ए' टिम विनोद भण्डारीको कप्तानीमा रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको