Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तमा लगातार चलखेल, १० कित्ता बेच्नै पर्यो धौधौ !

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १३ : ०१ मा प्रकाशित

गुराँस लघुवित्तमा लगातार चलखेल, १० कित्ता बेच्नै पर्यो धौधौ !

पछिल्लो समय अत्यधिक चलखेल भएको स्क्रीप्ट हो गुराँस लघुवित्त । करिब सवा तीन लाख हाराहारीमा न्यून सेयर संख्या भएको उक्त लघुवित्तको सेयर कर्नरिङ गरि अहिले निकै उच्च मूल्यमा पुगिसकेको छ ।

आज २३८६ रुपैयाँसम्म पुगेको सेयरको भाउ अहिले २३३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उच्च मूल्यमा सेयर खरिद गर्ने कोही नहुँदा अहिले उक्त सेयरमा उच्च सप्लाई रहेको छ । क्रेता शून्य हुँदा बिक्रेताहरुले १८ हजार ९३४ कित्ता बेच्न राखेका छन् । हालसम्म उक्त कम्पनीको ३० कित्ता सेयर मात्र कारोबार हुन सकेको छ ।

डेढ महिना अघि मार्चको शुरूवातमा यस कम्पनीको कारोबार मूल्य ९०० रुपैयाँको हाराहारीमा रहेको थियो भने अहिले अप्रिल मध्य आइपुग्दा कम्पनीको मूल्य प्रति कित्ता १४४० रुपैंया बढेर २३४० रुपैयाँ पुगिसकेको छ । यो भनेको १७० प्रतिशत भन्दा बढीको वृद्धि हो । सामान्य हिसाबले हेर्दा मात्रै पनि यो अवधिमा उक्त सेयरमा १५ भन्दा बढी सकारात्मक सर्किट लागिसकेको छ ।

सेयरको कारोबारको शैली हेर्दा उक्त कम्पनीको सेयरमा राम्रै कर्नरिङ गरिएको छ । न्यून मूल्यमा हुँदा कम कारोबार हुने गरेको कम्पनीको सेयर उच्च मूल्य पुग्दै जाँदा कारोबार व्यापक वृद्धि हुन थालेको छ । अझै बढ्ने आशामा सर्वसाधारणले सेयर खरिद गर्दै जाँदा खेलाडीले भने सेयर अफलोड गर्दै गरेको देखिएको छ । उक्त सेयर दिनभरी नकारात्मक सर्किटकै हाराहारीमै बेचेर बजारको अन्तिम समयमा आफ्नो सप्लाई हटाई न्यून कित्ता खरिद गरि सेयरको भाउ फेरि बढाउँदै लगिएको लामो समय भइसकेको छ ।

कम्पनीको फ्लोरसिटलाई नियाल्ने हो भने कम्पनीको सेयर अन्तिम मिनेटमा केहि दिन देखि निरन्तर बढाउने गरिएको छ । निकै सस्तोमा किनिएका कम्पनीको सेयर अन्तिममा उफार्दै आफूसँग भएको सेयर निकाल्दै गरिएको सामान्य लगानीकर्ताले समेत सजिलै बुझ्न सकिन्छ । एक पटक न्यून मूल्यमा किनेको सेयर पूर्ण तया अफलोड नभएसम्म जति पटक किनबेच भए पनि खेलाडी नाफा मै रहने हुँदा यस्ता कारोबारदेखि आम लगानीकर्ता भने सतर्क नै रहनुपर्ने देखिन्छ ।

औसत फन्डामेन्टल रहेको कम्पनीमा कम आपूर्तिको फाइदा उठाउँदै चलखेल भए पनि नियामक शून्य अवस्थामा आम लगानीकर्ता यस्ता गतिविधिबाट थप सचेत रहनै पर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको