Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्रो ३४ लाख घाटामा, सेयर भाउ भने छोइनसक्नु महङ्गो

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, ०८ : ३६ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्रो ३४ लाख घाटामा, सेयर भाउ भने छोइनसक्नु महङ्गो

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको तुलनामा भने कम्पनीले घाटालाई उल्लेख्य रुपमा घटाउन सफल भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद घाटा करिब ११.५ गुणाले घटेको हो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ६ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २ करोड ३४ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट एक करोड ६५ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ३ करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १६ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब २२.३९ गुणाले बढेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् १ करोड १६ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ४ करोड रुपैयाँ ९ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३४ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

४.९१ रुपैयाँ

मूल्य आम्दानी अनुपात

१०४.६८ गुणा (अन्तिम मूल्य ५१४ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

६४ रुपैयाँ ७३ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको