Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड बिरुद्धको दुई डोज खोप लगाएका मानिसले मास्क लगाउनुपर्छ कि पर्दैन ?

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १२ : ४४ मा प्रकाशित

कोभिड बिरुद्धको दुई डोज खोप लगाएका मानिसले मास्क लगाउनुपर्छ कि पर्दैन ?

केही साताअघि अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडिसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गर्‍यो ।

नयाँ मापदण्डमा उसले खोपका आवश्यक मात्रा लगाइसकेका मानिसलले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्नु नपर्ने उल्लेख गर्‍यो।लअमेरिकामा जस्तै नेपालमा पनि खोपको दुवै मात्रा लगाएका व्यक्तिहरूले मास्क लगाउनु नपर्ने कतिपयको धारणा रहेको पाइन्छ ।

तर चिकित्सक तथा विज्ञहरूले भने तुलनात्मक रूपमा समृद्ध राष्ट्रको व्यवस्था सिको गर्ने सक्ने अवस्थामा नेपाल नरहेको र नेपाली परिवेशमा खोप लगाइसकेका व्यक्तिहरूले समेत मास्क प्रयोग गर्नुपर्ने बताउँछन् ।

यति बेला विश्वभरि कोरोनाभाइरसका विभिन्न प्रकारहरू फैलिरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी सङ्क्रामक भनिएको डेल्टा भेरिअन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

"अमेरिका र ब्रिटेनमा समेत डेल्टा भेरिअन्ट फैलिरहेको देखिएको र अल्फा भेरिअन्ट को तुलनामा त्यो झन्डै ५० देखि ६० प्रतिशत बढी सङ्क्रमणशी" देखिएको सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन् । कोभिडको यो प्रकारमा नेपालमा पनि दिइएको अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको दुवै मात्रा चाहिने जस्तो देखिएको उनको भनाइ छ।

यस्तो सङ्क्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ ।

"यस्ता नियमहरू डाइनामिक (परिवर्तनशील) भए। कुन बेला कतिवटा भेरिअन्ट फैलिएको छ, कति मात्रामा फैलिएको छ, त्यसबाट खतरा कस्तो छ र त्यसका आधारमा यस्ता मास्कसम्बन्धी गाइडलाइन फेरिने भए। खोपले के गर्छ भन्ने स्पष्ट छ। दुई मात्रा लगाएका मानिसलाई खोपले थेग्छ। उनीहरू सिकिस्त हुन सक्ने सम्भावना कम हुन्छ" सुवेदीले भने।

सबैलाई खोप उपलब्ध गराउन सक्ने सरकारको क्षमता भए पनि कतिपय बिरामीको विभिन्न कारणवश खोप लगाउन नमिल्ने हुन सक्छ। त्यस्तै रोग प्रतिरोधी क्षमता कम भएकाले खोप लगाए पनि खोपले काम नगर्ने हुन्छ। उनीहरूलाई जोगाउन अरूले मास्क लगाउनै पर्ने हुन्छ। समाजमा त्यस्ता भल्नरेबल (जोखिममा रहेका) जनसङ्ख्या सधैँ भइरहेको हुन्छ।

दुवै मात्रा खोप लगाएका मानिसहरूको भेट हुँदा मास्कको जरुरत कम पर्ने सक्ने चिकित्सकहरू बताउँछन्। तर उनीहरू आफैँ सङ्क्रमणका कारण बिरामी नहुने भए पनि अरूलाई सार्न सक्ने डा. सुवेदीको भनाइ छ।

ूहाम्रो समुदायमा अहिले पनि सङ्क्रमणको भार बढी छ। त्यस कारण खोपभन्दा पनि समुदायमा महामारीको भार कति छ त्यसको आधारमा सायद यो मास्कको आवश्यकता कति छ भन्ने कुरा परिवर्तन हुन्छ। समुदायमा सङ्क्रमण पटक्कै छैन भने थोरै मान्छेले खोप लगाए पनि मास्क लगाउनुपर्दैन सुवेदीले भने।

उनका अनुसार खोप लगाएका व्यक्तिहरूले 'सुपर स्प्रेडरू' बनेर अरूलाई सङ्क्रमण सार्न सक्ने अवस्था रहन सक्छन्। त्यस कारण पनि सीरोप्रेभलन्स अध्ययन वा खोप प्राप्त गरिसकेका केही व्यक्तिहरूलाई छनोट गरेर कति एन्टिबडी बस्छ (खोपबाट), उनीहरूले सार्न (सङ्क्रमण) सक्ने अवस्था छ छैन भन्ने अध्ययन नगरी अरूकै जस्तो गरी मास्क नलगाउन नमिल्ने उनी बताउँछन्।

(बीबीसीको सहयोगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको