Like us!
Follow us!
Connect us!
Watch us!

पुसको अन्तिमदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने तयारी

पत्रपत्रिका

विहीबार, ०८ पुस २०७८, ०८ : ०५ मा प्रकाशित

पुसको अन्तिमदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने तयारी

नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ ।  

विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको