Like us!
Follow us!
Connect us!
Watch us!

दुवै मात्रा खोप लगाएकाहरूलाई बुस्टर डोज खोप दिने तयारीमा सरकार

पत्रपत्रिका

सोमबार, २० मंसिर २०७८, ०७ : ११ मा प्रकाशित

दुवै मात्रा खोप लगाएकाहरूलाई बुस्टर डोज खोप दिने तयारीमा सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँदै निरन्तर खोप आइरहेको बताए । 

केही दिनअघि कोभिसिल्ड, मोर्डना खोप नेपाल आएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीले नेपालमा हाल कोभ्याक्स सुविधामार्फत खोप आएको जानकारी दिँदै त्यसबाहेक अनुदान र खरिदमार्फत दुई करोड ७३ लाख ५६ हजार ५३० डोज खोप नेपाल आयात गरिएको बताए । नेपालमा हालसम्म एक करोड ९० लाख मात्रा खोप प्रयोग भइसकेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले पहिले ७५ प्रतिशत नागरिकले खोप लगाइसकेपछि बुस्टर डोज लगाउन सकिने भन्दै बुस्टर डोज प्राथमिकताका आधारमा लगाइनुपर्ने बताए । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले भेरोसेल खोपको दुवै मात्रा पूरा गरेकालाई खोप लगाएको तीन महिनापछि बुस्टर डोज खोप लगाउन सकिने स्पष्ट पारे ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको