Like us!
Follow us!
Connect us!
Watch us!

मुल्यवृद्धी र महंगाईको वास्तबिक कारण कालोबजारी : अध्यक्ष महर्जन

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १७ : ३२ मा प्रकाशित

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिलेको महंगाई विगतका नाकाबन्दी भन्दा पनि चर्को भएको बताएका छन । २०७७ सालको अन्तदेखि सुरु भएको खाद्यान्नको चर्को मुल्यवृद्धी अझै नियन्त्रणमा नआउदा उपभोक्ताहरु पिल्सीन बाध्य भएको उनको भनाई छ ।

मुल्यवृद्धीको कारकको रुपमा कोरोना संकट र रुस युक्रेन युद्धलाई देखाईने गरेपनि वास्तबिक्ता त्यस्तो नभएको उपभोक्ता अधिकारकर्मी महर्जनको धारणा छ । अहिलेको अस्वाभिक मुल्यवृद्धीको वास्तविक कारण कालोबजारी र ब्यापारीहरुको मिसावटखोरी रहेको बताएका अध्यक्ष प्रेमलाल महर्जनले उनीहरुले राजनितीक संरक्षण पाईरहेको आरोप पनि लगाए ।

प्रेमलाल महर्जनले कोरोना संकटको समयमा समेत विशाल गु्रपले कालोबजारी गरेको र राष्ट्रीय उपभोक्ता मञ्चको उजुरी पछि वाणिज्य विभाग र सीआईबिको टोलीले छापा मारी २ करोड बराबरको अखाद्य वस्तु बरामत गरेको बताए ।

झन कोरोनाको समयमा राज्यमन्त्री स्तरबाट समेत कालोबजारी र मिसावट खोरीमा प्रत्यक्ष संलग्ना देखिएकाले कारवाहीमा समस्या हुने गरेको उनले जनाए । अहिले पनि भारतले निर्यातमा रोक लगाएको बताउदै चिनी लगाएतका वस्तुको चर्को मुल्य वृद्धी भईरहेको भएपनि वास्तबमा नेपालसंगको विशिष्ट सम्बन्धको कारणले भारतले रोक नलगाएको राष्ट्रीय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताँउछन ।

मुल्य वृद्धीको कारण कालोबजारी भएको तर राजनितिज्ञहरुले प्रत्यक्ष एंव परोक्ष फाईदा पाईरहेकाले सबैतिर तै चुप मै चुपको स्थीती भएको उनको ठम्याई छ । राजनितीमा ब्यापक विचलन आईसकेको र परिणाम आमउपभोक्ताले भोगीरहेको बताएका उनले नेपालमा पनि दिल्लीमा जस्तैे महंगाई र भ्रष्ट्राचार विरोधी आन्दोलनको खाँचो औल्याए ।

साथै आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा ठुला घरानाका ब्यापारीहरुलाई पोस्ने किसीमले लापरवाही एंव चलखेल भएकोमा अध्यक्ष महर्जनले चिन्ता ब्यक्त गरे । अन्तीम समयमा करको दरमा हेरफेर एंव परिर्वतन भएकाले नयाँआर्थिक वर्षमा मुल्यवृद्धी झनै चुलीने उनको आंक्लन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको