Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजारले अर्को साता २९०० विन्दु नाघ्न सक्छ’

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १५ : ४७ मा प्रकाशित

‘सेयर बजारले अर्को साता २९०० विन्दु नाघ्न सक्छ’

अहिले लगानीकर्तामा विश्वासको वातावरण बन्दै गएकाले सेयर बजारमा बढोत्तरी भइरहेको नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले अहिले बजारका लागि केही सुधारका संकेत देखिएकाले बजार बढेको बताएका हुन् । 

सेयर बजारलाई आम मनोविज्ञानले असर गर्ने भएकाले अहिले बजारमा राजनीतिक र आर्थिक रुपमा पनि केही सुधारका कामहरु भएकाले बजार बढेको उनको भनाइ छ । ‘बजारलाई मास साइकोलोजिले असर गर्छ । अहिले चुनावका लागि राजनीतिक पार्टीहरु पनि निर्वाचन आयोगमा दर्ता भएकाले पनि बजारमा त्यसको असर परेको हो,’ उनले भने । आर्थिक रुपमा पनि राष्ट्र बैंक तथा धितोपत्र बार्डले गर्नु पर्ने सुधाका कामहरु पनि भएकाले बजारमा सुधार देखिएको उनले बताए । 

यो साताका ५ दिन नै बढेको बजारले आगामी साता २९०० विन्दु पार गर्ने सम्भावना रहेको उनको भनाइ छ । ‘अहिले केही मात्रामा अस्थिरताको सुनिश्चितता देखिएको छ । यसले बजारमा प्रभाव परेको छ । अर्को हप्ता सेयर बजार २९०० विन्दु माथि पग्छ भन्ने अनुमान रहेको छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको