इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले अहिले सेयर बजारनै लगानीको उपयुक्त ठाउँ भएको बताएका छन् । जेनजी आन्दोलनका कारण भएको क्षतिका कारण अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेकाले अहिले सेयर बजारमा नै लगानी गर्ने एकमात्रै ठाउँ रहेको उनले बताएका हुन् ।
यो साता सेयर बजार लगातार रुपमा बढ्नुमा पनि अन्य क्षेत्रको लगानी पनि पुँजी बजारमा आउँनु कारण रहेको उनको भनाइ छ । पुँजी बजारका लागि गर्नु पर्ने सुधारका कामहरु पनि भइरहेको र कम्पनीहरुले लाभांश घोषणा गर्दा त्यसैमा कर समेत समावेश गर्नु पर्ने व्यवस्थाका कारणले पनि बजार बढ्नमा सहयोग पुगेको उनले बताए ।
अहिले पुँजी बजारका लागि ३२०० विन्दुको समयको जस्तै अवस्था रहेको उनको भनाइ छ । अहिले बैंकको अधिक तरलताको अवस्था रहेको छ । त्यस्तै ब्याजदर पनि कम छ । सीडी रेसीयो पनि ७४ प्रतिशतको हाराहारीमा रहेको छ । यसले लगानीयोग्य रकम धेरै रहेको पुष्टि गर्छ । यो अवस्थामा बजार निकै माथिल्लो विन्दुमा पुग्नु पर्ने हो,’ उनले भने, ‘अहिले राजनीतिक रुपमा पनि केही विश्वासको वातावरण निर्माण हुँदै गएकाले पनि बजारलाई बढ्नमा सहयोग पुगेको उनी बताउँछन् ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता समेत गरेको अवस्थामा केही मात्रामा सकारात्मक सन्देश गएको उनको बुझाइ छ । अहिले भइरहेका सुधारका कामहरु निरन्तर रुपमा भइरहने र बजार पनि बढ्दै जाने उनको विश्वास छ । ‘बजारका लागि गर्नु पर्ने सुधारका कामहरु हुँदै गइरहेका छन् । यसले पनि बजारलाई बढ्नमा मद्दत गरेको छ,’ उनले भने ।
यो साता सेयर बजार ११५.८८ अंकले बढेर कारोबार बन्द भएको थियो । कारोबार रकममा पनि यो साता वृद्धि भएको छ । यो साताको सबै पाँच कारोबार दिन नेप्से परिसूचक बढेर कारोबार बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस