Like us!
Follow us!
Connect us!
Watch us!

यूकेस्थित नेपलिज विजनेश डिरेक्टरीको पहलमा २७ लाख संकलन, आन्दोलन प्रभावितलाई वितरण

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १७ : २९ मा प्रकाशित

यूकेस्थित नेपलिज विजनेश डिरेक्टरीको पहलमा २७ लाख संकलन, आन्दोलन प्रभावितलाई वितरण

युके – यूकेस्थित नेपलिज विजनेश डिरेक्टरीको पहलमा गोफण्डमी मार्फत करिव २७ लाख रुपैयाँ बराबरको राहत कोष निर्माण गरिएको छ। उक्त रकम नेपालमा हालैका आन्दोलन र विपद्बबाट प्रभावित परिवारहरूलाई सहयोग स्वरूप वितरण गरिने भएको हो । 

'गो फण्ड मी राहत कोषको अपडेट' अनुसार, कुल करिब २९ लाख रुपैयाँ संकलन भएकोमा, गो फण्ड मी शुल्क कटाएपछि अन्तिम उपलब्ध रकम करिब २७ लाख रुपैयाँ रहेको जनाइएको छ।

राहत कार्यक्रमको समन्वय नेपालमा १ क्लब नेपालमार्फत गरिनेछ भने यसको वितरणको जिम्मेवारी  नेपलिज विजनेश डिरेक्टरीले लिने भएको छ । 
कार्यक्रमका संयोजक सनिश ज्वारचनका अनुसार आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित परिवार, घाइते व्यक्ति र क्षतिग्रस्त पूर्वाधार भएका क्षेत्रहरूमा पुगेर सहयोग प्रदान गर्नेछ । 

सनीस ज्वारचन र महेश बुढा मगर, जसले युकेमा आफ्ना व्यवसायमार्फत धेरै व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन् । ‘हामी विदेशमा बस्दैमा मातृभूमिप्रतिको जिम्मेवारी हराउँदैन। नेपाललाई जब आवश्यकता पर्छ, हामी सधैं सहयोगका लागि तत्पर हुन्छौं।’ उनले भने । वान क्लबको सहयोगमा केही आन्दोलन प्रभावित भएकाहरुलाई सहयोग पनि गरिसकेका छन् । अहिले सम्म १० लाख भन्दा बढी राहत वितरण भइसकेको उनीको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको