Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको स्थिर मौद्रिक नीति: सेयर बजारमा लुकेको अवसर

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ०७ : ४५ मा प्रकाशित

राष्ट्र बैंकको स्थिर मौद्रिक नीति: सेयर बजारमा लुकेको अवसर

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरिसकेको छ । यस समीक्षामा प्रमुख कुरा भनेको मौद्रिक नीति यथावत राखिएको हो।

राष्ट्र बैंकले जारी गरेको रिपोर्ट अनुसार, मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ, जुन साउनमा सार्वजनिक भएको थियो। राष्ट्र बैंकले यो निर्णय विदेशी विनिमय सञ्चिति, मुद्रास्फीतिको विश्लेषण, र समष्टिगत आर्थिक परिदृश्यका आधारमा लिएको जनाएको छ। मौद्रिक नीतिको प्रमुख दर ५ प्रतिशतको समानै राखिएको छ, र ब्याजदर करिडोरअन्तर्गतका निक्षेप संकलन दर र बैंक दर पनि यथावत राखिएका छन्।

यद्यपि केहि सामाजिक संजाल प्रयोगकर्ताले भने यो नीतिका परिवर्तन नहुनुका कारण सेयर बजारमा नकरात्मक असर पर्ने भनी बहस गरिरहेका छन्। उनीहरूको भनाइ अनुसार, राष्ट्रले यथावत नीति जारी राख्दा सेयर बजारमा नकारात्मक असर गर्ने छ। 

तर, यस्ता टिप्पणीहरूमा केही महत्वपूर्ण बुँदाहरू छुटिरहेका छन्। सेयर बजारको भविष्य केवल मौद्रिक नीतिमा मात्रै निर्भर गर्दैन। बजारका अनौपचारिक प्रभावहरू र अन्य वित्तीय तत्वहरू पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। नेपालमा सेयर बजारको भविष्य के हो, यसका लागि हामीले केही प्रमुख परिवर्तनहरूको विश्लेषण गर्न आवश्यक छ।

हालै, सेयर बजार नियामक संस्था, नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिएको छ। यस नियुक्तिले सेयर बजारमा नयाँ र गतिशील नेतृत्व ल्याउने विश्वास गरिएको छ। सेबोनका नयाँ अध्यक्षले नियामक सुधार र वित्तीय पारदर्शिता बढाउने उद्देश्य राखेका छन्। यस्तो सुधारले बजारमा विश्वास र लगानीकर्ताको आकर्षण बढाउन मद्दत गर्नेछ।

तेस्तै,नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अनुसार ब्याज दरको करिडोरलाई यथावत राख्ने निर्णय गरेको छ। यस निर्णयले ऋणको पहुँचलाई सजिलो बनाउने र तरलता अभिवृद्धि गर्ने सम्भावना छ। यदि ब्याज दर बढ्दैन भने, त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखा पर्न सक्छ। कम ब्याज दरले लगानीकर्ताहरूलाई सेयर बजारमा पूंजी लगानी गर्न प्रोत्साहित गर्न सक्छ, जसले बजारको वृद्धि गर्न मद्दत गर्नेछ।

नेपालका वित्तीय बजारमा अझै पनि लगानी गर्ने अवसरहरू छन्। ब्याज दरको स्थिरता र कम लागतका कारण, बैंक ऋणको पहुँच पनि सजिलो हुनेछ, जसले उद्योगहरूमा वृद्धिको सम्भावना बढाउँछ। यसको परिणामस्वरूप, सेयर बजारमा पनि सकारात्मक असर पर्ने संभावना बढ्दछ।

विप्रेषण वृद्धिका कारण नेपालको विदेशी विनिमय सञ्चितिमा पनि सकारात्मक सुधार भएको छ। NRB ले बताएको छ कि २०८१ असोजमा विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको आयात धान्नसक्ने अवस्था छ। यसले नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउँछ र विदेशी मुद्रा सापेक्ष आर्थिक स्थायित्वमा सुधार ल्याउँछ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमा कुनै ठूलो परिवर्तन नगरे पनि, नेपालका सेयर बजारको भविष्य उज्जवल देखिन्छ। सेबोनको नयाँ नेतृत्व, ब्याज दरको स्थिरता, र विप्रेषण वृद्धिका कारण बजारमा सकारात्मक प्रभाव पर्न सक्छ। लगानीकर्ताहरूले बजारको हालको अवस्था उपयोग गर्दै दीर्घकालीन लाभ लिन सक्छन्। यसका साथै, मौद्रिक नीतिको स्थिरता र अन्य सुधारात्मक कदमहरूले बजारलाई नयाँ उच्चतामा पुर्याउन मद्दत गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको